Tuesday, 5 August 2025

प्रेमपूर्ण जीवनका मिठासहरु D

                लालीगुरांश  (सिर्जना भण्डारी)


तिमी प्रेमको अमृत वर्षाइराख

 प्रेमको झरनामा रुझिरहुँ !

 

तिमी प्रेमको प्यासले तिर्खाइराख

 प्रितको प्याला बनिरहुँ !

 

तिमी जन्मजन्म मलाई रोजिराख

 पलपल तिमीलाई खोजिरहुँ !

 

तिमी मेरो तनमनमा सलबलाइराख

 हरक्षण तिमीलाई पाइरहुँ !

 

तिमी चाहनाको प्रकाश छरिराख

 तिम्रो हृदयमा रमिरहुँ !

 

तिमी न्यानो अंगालोमा कसिराख

 तिम्रो धड्कन सुनिरहुँ !

 

तिमी मिलनको अपेक्षा गरिराख

 जन्मजन्म तिमीलाई पर्खिरहुँ !

 

तिमी नजरले इशारा गरिराख

 तिम्रो भावमा चलिरहुँ !

 

तिमी मधूर मुस्कान छरिराख

 तिम्रो खुशीमा छाइरहुँ !

 

तिमी प्रकृतिमा मलाई खोजिराख

 सेतो गुलावझैं फूलिरहुँ !

 

तिमी फूल बनि फक्रिराख

 सुगन्ध बनि फैलिरहुँ !

 

तिमी भमरा बनि भुनभुनाइराख

 पुष्पमञ्जरी बनि डाकिरहुँ !

 

तिमी वायू बनि बतासिराख

 चंगा बनि उडिरहुँ !

 

तिमी सागर बनि सुसाइराख

 छाल बनि खेलिरहुँ !

 

तिमी प्यारो प्रियतम बनिराख

हामी आत्मिय जोडी रहिरहुँ !

 

तिमी प्यारो प्रियतम बनिराख

हामी आत्मिय जोडी रहिरहुँ !!

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम D

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...