Saturday, 28 December 2024

चिसो मौसम मायाँको याद

                       लालीगुरांश  (सिर्जना भण्डारी)


चिसो मौसम, टाढा मायाँ

एक्लो जीवन देश, विदेशमा

मायाँको यादमा चुर्लुम्म डुबाइदिने
चिसो मौसमलाई प्रेमपूर्ण धन्यवाद !

 मिनपचासको कठ्यांग्रीने चिसो मौसममा

मायाँको दिव्य साथको न्यानोपन
मायाँको सुमधूर बातको न्यानोपन
मायाँको असिम चाहतको न्यानोपन
मायाँको गहिरो प्रेमको न्यानोपन
मायाँको शुकोमल मनको रोजाई
मायाँको प्रेमपूर्ण भावको महसुस
मायाँको निश्चल नजरको हेराई
मायाँको निर्दोष नयन जुदाई
मायाँको बढेको श्वासको अनुभव
मायाँको लुकेको आशको महसुस
मायाँको यादमा तड्पीएको रुवाई
मायाँको एकहुने चाहनाको छुवाई...
कस्तो होला त्यो पल
सम्झिएर, कल्पिएर भुलाउँछु आफूलाई
चिसो , ठण्डीबाट बच्नु
बिनाकाम यसै वाहिर नजानु
न्यानो पहिरन टम्म लाउनु
तात्तातो भोजन, रश पिउनु
स्वस्थ, प्रफुल्ल, सक्रिय रहनु
अवश्य भेट्नेछौं कुनैदिन हामी
आफूलाई आफ्नैलागि साँचेर राख्नु !!
अवश्य भेट्नेछौं कुनैदिन हामी
आफूलाई आफ्नैलागि साँचेर राख्नु !!!

चिसो मौसम, टाढा मायाँ
एक्लो जीवन देश, विदेशमा
मायाँको यादमा चुर्लुम्म डुबाइदिने
चिसो मौसमलाई प्रेमपूर्ण धन्यवाद !

 

Friday, 27 December 2024

...मनपर्छ मलाई

                       लालीगुरांश  (सिर्जना भण्डारी)


तिम्रो नजरको छविमा
उत्रिन मनपर्छ मलाई
किनकी
परमसाथ पाउँछु त्यहाँ ।

तिम्रो परमसाथको विश्वासमा
हामफाल्न मनपर्छ मलाई
किनकी
परमचाहत देख्छु त्यहाँ ।

तिम्रो परमचाहतको गहिराइमा
खस्न मनपर्छ मलाई
किनकी
परमप्रेम पाउँछु त्यहाँ ।

तिम्रो परमप्रेमको रंगमा
रंगीन मनपर्छ मलाई
किनकी
परमभक्ति भेट्छु त्यहाँ ।

तिम्रो परमभक्तिको रसमा
पौडिन मनपर्छ मलाई
किनकी
प्रेमनगरमा पुग्छु त्यहाँ ।

तिम्रो प्रेमनगरको आनन्दमा
हराउन मनपर्छ मलाई
किनकी
हृदय खिचिन्छ त्यहाँ ।

तिम्रो हृदयको खिचाईमा
तानिन मनपर्छ मलाई
किनकी
परमपवित्रता पाउँछु त्यहाँ ।

तिम्रो परमपवित्रताको सागरमा
डुब्न मनपर्छ मलाई
किनकी
परमात्मानै पाउँछु त्यहाँ ।

तिम्रो परमपवित्रताको सागरमा
डुब्न मनपर्छ मलाई
किनकी
परमात्मानै पाउँछु त्यहाँ ।।

Friday, 20 December 2024

प्रेम नै परमात्मा हो

                     लालीगुरांश  (सिर्जना भण्डारी)

प्रेम हाम्रो स्वरुप हो

प्रेम हाम्रो प्रकृति हो

प्रेमबाटनै सारा ब्रम्हाण्ड बन्यो

प्रेमबाटनै हाम्रो अस्तित्व बन्यो

प्रेमबाटनै हाम्रो संयोग बन्यो 

प्रेमबाटनै स्मृतिको मिठास बन्यो

 

प्रेमनै सर्वशक्तिमान, सर्वव्यापक

यही प्रेम परमात्मा हो

यही प्रेम आत्मा हो

अर्को कुनै शक्ति छैन 

प्रेमनै पूजा, भक्ति हो 

प्रेमनै उसको उपासना हो

 

हामी यही प्रेम दिरहेकाछौं

हामी यही प्रेम लिरहेकाछौं

यही प्रेममै हामी रमेकाछौं

यही प्रेममै हामी जिएकाछौं

प्रेमको दियो तिमीभित्र बलिरहेछ

यही ज्योतिमा   झिलमिलाइरहेछु !

 

प्रेमको दियो तिमीभित्र बलिरहेछ

यही ज्योतिमा   झिलमिलाइरहेछु !!




चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...