Monday, 12 August 2024

परमआनन्द र तडपनको दोस्रो नाम प्रेम रहेछ !

                         लालीगुरांश  (सिर्जना भण्डारी)  

 मिठो हुदोरहेछ प्रियतमसंग गहिरो प्रेममा बस्न

अथाह प्रेमको सागरमा तनमन चुर्लुम्म डुबाइदिएपछि

थाहा हुनेरहेछ प्रेम के हो भनेर ।

 

मिठो हुदोरहेछ प्रियतमलाई हृदयमा हरपल बसाइराख्न

मादक प्रेमको नशामा आत्माचेतना लठ्याइदिएपछि

थाहा हुनेरहेछ प्रेम के हो भनेर ।

 

मिठो हुदोरहेछ प्रियतमसंग मनमुटु साटेर जीउन

सुगन्धित प्रेमको सुवासले अंग-अंग सारा महकाइदिएपछि

थाहा हुनेरहेछ प्रेम के हो भनेर ।

 

तर 

 

सजिलो रहेनछ प्रियतमसंग गहिरो प्रेममा डुबिरहन

प्रेममा आँखाबाट निदरी कोशौं दुर भागेपछि 

थाहा हुनेरहेछ प्रेम के हो भनेर ।

 

सजिलो रहेनछ प्रियतमलाई हृदयमा सदा सजाइराख्न

प्रेममा हृदयको चालतडपचाहत बढेपछि

थाहा हुनेरहेछ प्रेम के हो भनेर ।

 

सजिलो रहेनछ प्रियतमसंग मनमुटु साटेर जीउन

प्रेममा आँखाका पर्खाइ कहिल्यै नथाक्ने भएपछि

थाहा हुनेरहेछ प्रेम के हो भनेर ।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...