लालीगुरांश (सिर्जना भण्डारी)
केही मिठा पलहरु समेटेर
केही तिता पलहरु संगेलेर
जीवनमा अमृत भरौ-भरौं भो ।
केही वितेका यादहरु सम्झेर
केही भविश्यका कल्पनाहरु कल्पेर
तिमीसंग मायाँप्रिती गाँसौं-गाँसौं भो ।
केही मनका स्मृतिहरुमा भिजेर
केही भावका चाहनाहरुले सिंचेर
तिमीसंग हृदय जोडौं-जोडौं भो ।
केही गन्तव्यका वाधाहरुलाई चिरेर
केही मनका डरहरुलाई जितेर
तिमीसंग एकपल भेटौं-भेटौं भो ।
केही विगतका विषयहरु रोजेर
केही भविश्यका योजनाहरु जोडेर
तिमीसंग वातचित गरौं-गरौं भो ।
केही तिम्रा कठिनाइहरु सुनेर
केही मेरा वाध्यताहरु कहेर
तिमीसंग आँशुहाँसो साटौं-साटौं भो ।
केही पिरतीका भावहरु गुनेर
केही मिठा सपनाहरु उनेर
तिमीसंग जीवन साटौं-साटौं भो ।
केही पिरतीका भावहरु गुनेर
केही मिठा सपनाहरु उनेर
तिमीसंग जीवन साटौं-साटौं भो । ।
https://www.youtube.com/watch?
No comments:
Post a Comment