लालीगुरांश (सिर्जना भण्डारी)
प्रेमको संसारमा सर्वाधिक
त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले
गरिदिदारहेछन्
प्रेमिकाले एक कदम बढाउँदा
प्रेमीले हजार कदम
बढाइदिदारहेछन्
मौनतामै नजरको प्रेमल
हेराइमा
प्रेम, चाहत,
भावना पोखिदिदारहेछन्
हाँसोसंग खुशी, आँशुसंग
पिडा
प्रेमिकालाई पस्किदिएर आफैंलाई
रित्याइदिदारहेछन्
हृदयभरिको प्रेम व्यक्त
गर्न
आफ्नै इज्ययत दाउमा लगाइदिदारहेछन्
प्रेमिकासम्म प्रेमिल सन्देश
पुर्याउन
नथाकी दिन-रात
एक गरिदिदारहेछन्
प्रेमको संसारमा सर्वाधिक
त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले
गरिदिदारहेछन्
प्रेमिकाको एक झलक पाउन
पलपल अथक मेहनेत गरिदिदारहेछन्
तिमीलाई कति चाहान्छु बुझाउन
आफ्ना दुःख, खुशी विर्सिदिदारहेछन्
प्रेमिकालाई सुखी, खुशी बनाउन
आफूलाई उनीभित्रै विलय गराइदिदारहेछन्
प्रेमिकालाइ नै संसार ठानी
हृदयभित्रै सुन्दर प्रेमनगर सजाइदिदारहेछन्
म के गरौं तिम्रोलागि
आँखाकै भाकामा पलपल सोधिरहदारहेछन्
टाढा भएपनि एकसाथ छु 
आँखाबाटै कसमको इशारा दिरहँदारहेछन्
प्रेमको संसारमा सर्वाधिक
त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले
गरिदिदारहेछन्
आफ्ना खुशी प्रेमिकालाई सुम्पिएर
प्रेमिकाको उज्वल भाग्य लेखिदिदारहेछन्
म उनको मेरी उनी
गीतको माला बनाइ गाइदिदारहेछन्
उनको मुहार ज्योति ठानी
मन-मन्दिरमा प्रेमको दियो जलाइरहँदारहेछन्
प्रेमिकाका बाटाका काँढाहरु पंसाएर
पिडामा आफैं काँढामाथि हिंडिदिदारहेछन्
प्रेमिकाको छवि नडगमगावस भनी
संसारसामु जितेको बाजी हारीदिदारहेछन्
आफ्ना खुशी प्रेमिकालाई सुम्पिएर
प्रेमिकाको उज्वल भाग्य लेखिदिदारहेछन्
प्रेमको संसारमा सर्वाधिक
त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले
गरिदिदारहेछन् ।
प्रेमको संसारमा सर्वाधिक
त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले गरिदिदारहेछन् । ।
No comments:
Post a Comment