Thursday, 27 April 2023

तिमी पनि.....

                               लालीगुरांश  (सिर्जना भण्डारी

तिमी पनि निशर्त प्रेममा डुबेर हेर

तिमी पनि कसैको चाहतमा मरेर हेर

तिमी पनि कसैको खुशीमा मरिमेटेर हेर

तिमी पनि दिव्य प्रेमको दियो बालेर हेर

तिमी पनि यादको राँकोमा जलेर हेर

तिमी पनि मिलनको आशमा तड्पेर हेर

तिमी पनि आँखामा प्रेमका अश्रु भरेर हेर

तिमी पनि हृदयमा मायाँप्रिती साँचेर हेर

तिमी पनि कलिलो मुटुमा मुटु जोडेर हेर

तिमी पनि मनमा कसैको तस्वीर राखेर हेर

तिमी पनि मन मन्थनको हलाहल पिएर हेर

तिमी पनि बोल्न खोज्ने ओठलाई सिएर हेर

तिमी पनि एक पलमा सदियौं जिएर हेर

तिमी पनि कसैलाई असीम प्रेम गरेर हेर

तिमी पनि कसैको यादमा आफैंलाई बिर्सेर हेर

तिमी पनि आफ्नो हृदय कसैलाई दिएर हेर

तिमी पनि प्रेमको तितो-मिठो दर्द सहेर हेर

 

अनि

तिमी पनि चरम मुस्किलमा परेर हेर

तिमी पनि पिडाका आँशु पिएर हेर

तिमी पनि घोर अपमानलाई सहेर हेर

तिमी पनि रद्दी दबावलाई झेलेर हेर

तिमी पनि नजितिने लडाइ लडेर हेर

तिमी पनि बिना गल्तीको सजाय भोगेर हेर

अनि

अरुको पिडालाई आफ्नै झैं ठानेर हेर

कति कठिन हुन्छ परिस्थिति सम्हाल्न

जवाफ आफसे आफ मिल्नेछ तिमीलाई।

Friday, 14 April 2023

हरपल पलपल

                         लालीगुरांश  (सिर्जना भण्डारी


तिमीसंग भेटेदेखि, तिमीलाई पाएदेखि

म त एक्लै-एक्लै मुस्कुराइरहेछु

तिमीलाई नै सम्झेर, हरपल पलपल

तिम्रै गीत गाइरहेछु, म त तिम्रै गीत गुनगुनाइरहन्छु।

 

तिम्रो मिठो मुस्कान भित्र आफूलाई राखिदिएं

तिम्रो सुमधूर साथसंग आफूलाई बाँधिदिएं

तिमीलाई देखेर, हरपल पलपल

तिम्रै यादमा रमाइरहेछु, म त तिम्रै यादमा हराइरहन्छु।

 

तिम्रो गहिरो प्रेम भित्र दिव्य संसार पाएं मैले

तिम्रो गहिरो चाहत भित्र आफैंलाई हराइदिएं

तिमीलाई सोचेर, हरपल पलपल

तिम्रै रंगमा रंगीरहेछु, म त तिम्रै रंगमा रंगीरहन्छु।

 

तिम्रो आँखाको हेराईमा आकर्षणको आभा पाएं मैले

तिम्रो आँखाको गहिरो सागरमा आफूलाई डुबाइदिएं

तिमीलाई भेटेर, हरपल पलपल

तिमी भित्रै बिलाइरहेछु, म त तिमी भित्रै बिलाइरहन्छु।

Monday, 10 April 2023

मेरो संसार तिमी

                लालीगुरांश  (सिर्जना भण्डारी


तिमी नै तिमी मेरो हृदयको गहिराइमा

तिमी बाहेक छैन कोही यि नजरमा

तनमनमा तिमी, मेरा नयनमा तिमी

मेरो यादभरी तिमीमेरो संसार तिमी।

 

तिमी नै तिमी मेरा हर आभासहरुमा

तिम्रै नाम जप्छु मेरा हर वाणिहरुमा

हर धूनमा तिमीमेरो अनुभूतिमा तिमी

मेरो हरपलमा तिमीमेरो संसार तिमी।

 

तिमी नै तिमी मेरा हर यादहरुमा

तिम्रै स्मरण मेरा हर श्वास-श्वासमा

हर धड्कनमा तिमीमेरो प्रितमा तिमी

मेरो रोम-रोममा तिमीमेरो संसार तिमी।

 

तिमी नै तिमी मेरा हर आशाहरुमा

तिम्रै भरोसा मेरा हर कदम-कदममा

हर वाचामा तिमीमेरो विश्वासमा तिमी

मेरो साथमा तिमीमेरो संसार तिमी।

 

तिमी नै तिमी मेरा हर पूजाहरुमा

तिम्रै आराधना मेरा हर ॐ-ॐमा

हर अनुष्ठानमा तिमीमेरो प्राप्तिमा तिमी

मेरो आस्थामा तिमीमेरो संसार तिमी।

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...