Friday, 25 November 2022

यो मन र त्यो मन

             लालीगुरांश  (सिर्जना भण्डारी) 


यो मन कहिलेबाट

त्यो मनकोलागि

यति मनकारी भएछ!?

यो मनलाई सोधें मैले

यो मनले भन्यो

यो मनको कुरा

त्यो मनलाई थाहा  कि!

तर त्यो मनलाई

सोधुं भने

यो मनको पिडा

यो  कि

त्यो मन यो मनसंग

कहिल्यै सिधा सम्पर्कमा

आउनै चाहेन

अव कसरी

यो मनले

त्यो मनलाई सोधौं?

सोच मग्न भएर

यो मन मनमनै

मनन् गर्दै

मनको विषादमा

डुबिरहेको छ।

विषादमा डुबिरहेको छ।।

Thursday, 24 November 2022

आप और मे, 'हम' बनगए

                लालीगुरांश  (सिर्जना भण्डारी) 


अगर सवकुछ मिलजाए जीन्दगी मे

तो, पानेकी तमन्ना किसकी करुगीं

कुछ अधुरी ख्वाइसे पुरी होने कि

मनकी वो बेइन्तहां आसाऐं ही तो

पूरी जीन्दगी जीनेका मजा देती है

आप ही मेरी  बेइन्तहां तमन्ना हो

आप ही मेरी व अधुरी ख्वाइस हो ।

 

कभि-कभि सपनो मे जाया करें

कभि-कभि हकिकत मे जाया करें

मे पुरी जीन्दगी खुव मुस्कुराती रहुगीं

आपके मिठे-मिठे याद मेमेरे प्रियतम

मे पुरी जीन्दगी भरपूर जीती रहुगीं

आपके अलौकीक साथ मेमेरे प्रियतम 

 

आप जव हरदिन सपनों मे आते हो

और, मुझे आसमान मे उडा लेजाते हो

तो, ऐसा परम-आनन्द होता है, कि

जैसे, कहीं दुसरी संसार मे पहुँच गइ हुँ

जैसे, परमात्मा के दरबारमे रहरही हुँ

और, इस मायावी संसारसे मुक्त हो चुकी हुँ ।

 

आप जव कभि-कभि हकिकत मे आते हो

और, प्रेमके महासागर मे ऐसे डुबोदेते हो

तो, ऐसा अद्भूतसा अनुभव होता है, कि

जैसे, कोही युगौंकी अधूरी प्यास बुझगइ हो

जैसे, दिव्य प्रेमके अथाह गहराई मे डुवगइ हुँ

औरतुम्हे पानेकी अधुरी ख्वाइस पुरी होगइ हो ।

 

अव, हमने एक दुसरेको प्राप्त करलिया है

औरआत्माकी मिलनकी समय आरही है

हम एक-दुसरेके बहुत नजदिक होरहें है

हमारी हृदय कि धड्कन एक हो चुकी है

औरदो शरीर एक दिव्य आत्मा बनरही है

इस संसारको छोडकर प्रभुके करिव होरहे है । - 

Wednesday, 9 November 2022

हाम्रो दिव्य प्रेम !!!

                लालीगुरांश  (सिर्जना भण्डारी)


प्रेमको कुनै रुप हुदैन

यो त हृदयको मिठो अनुभूति हो

जव कसैको याद स्वयंको भन्दा  

अधिक मधूर र मिठो लाग्छ

त्यहि मिठास नै शास्वत प्रेम हो

उसैको यादमा डुब्नु दिगो प्रेम हो

उसलाई पलभर नभुल्नु दिव्य प्रेम हो !


प्रेमको कुनै रंग हुदैन

यो त अदृश्य जगमग ज्योति हो

प्रेमले मनका कुनाकुनामा प्रकाश छर्छ

इहलोक, परलोक ज्योर्तिमय बनाउछ

आफैंभित्रको सुख र शान्ति प्रकट गरि

पलपल परम–आनन्दमा जिउन सिकाउछ 

प्रेमले नै जीवन स्वर्गतुल्य बनाउछ !

प्रेमको कुनै जात हुदैन 

यो त स्वयंको हृदयबाट प्रष्फुटित श्रद्धा हो

यसले कसैलाई ठूलो सानो भन्दैन

सबैमा उही एउटै परमात्मा देखाउछ

सबैलाई आफूभित्र समेट्न सिकाउछ

तँ र म को भेद छुट्याउदैन

हामी भन्ने समुहिक भाव जगाउछ !


प्रेमको कुनै स्वाद हुदैन

यो त निरन्तर वर्षिरहने अमृत वर्षा हो

जसले महा ओखतीको काम गर्छ 

जीवनका अवषादहरुबाट मुक्ति दिलाउँछ

स्थुल–मन–भाव र चेतन शरिरलाई

सवल, स्वस्थ्य र तनदुरुस्त बनाउछ 

शरिरबाटै परमात्माको मार्ग सदृश्य गराउछ !


प्रेमको कुनै आकार हुदैन 

यो त निराकार शास्वत सत्य हो

जो सीमाहिन विराट स्वरुपमा छ

पुरै ब्रम्हाण्ड प्रेममै टिकेको छ 

प्रेमकै कारण तिमी छौ, म छु

निराकार प्रेमको कुण्डमा तैरीरहेछौं

जो अनुभूतिमा मात्र छ, दृश्यमा शुन्य छ !

जो अनुभूतिमा मात्र छ, दृश्यमा शुन्य छ !!

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...