Sunday, 5 March 2023

निरन्तर अगाडि बढ्नु छ, नवयुग निर्माण गर्नु छ

                                       लालीगुरांश  (सिर्जना भण्डारी


मानव हुनुको धर्म साकार पार्नु 

आफू-आफू मिलेर हातेमालो गर्दै

धैर्यतापूर्वक निरन्तर अगाडि बढ्नु 

निरोगीभाग्यवानसुखी, खुशी

सरलसहजसफल, शान्त अनि

आनन्दित जीवन बनाउनु छ।

अध्यात्म अभियानको वास्तविक परिक्षा

अव बल्ल पो शुरु भएको 

कुनै पनि गल्ती गर्दै नगरी

उच्च साथ र सजगताका साँधेर

निरन्तर अगाडि बढ्नु 

पछाडि फर्कने छुट छैन अव

फुकी-फुकी कदम चाल्नु 

बाटाका तगाराहरु हटाउनु 

जेलिएका गाँठाहरु फुकाउनु 

चुनौतीहरुलाई अवसरमा बदल्नु 

प्रभावकारी योजनाहरु बनाउनु 

महत्वाकांक्षी लक्ष्य हासिल गर्नु 

प्रेमको गन्तव्य पहिल्याउनु 

करुणा  सेवाको मूल फुटाउनु 

सबैको निस्वार्थ सेवा गर्नु 

मानवियताको विकास गर्नु 

आफ्नो जीवनको विज्ञान सिक्नु  

अरुलाई जीवनको विज्ञान सिकाउनु 

नवयुगको स्थापना गर्नु 

नयाँ समाजको रचना गर्नु 

धर्तीमातालाई हँसाउनु 

अध्यात्मको इतिहास रच्नु 

पुर्खाहरुको सपना फुलाउनु 

त्यसैले अव कत्तिपनि नथाकीकन

निरन्तर अगाडि बढ्नु 

किनकी अव नवयुग निर्माण गर्नु 

निरन्तर अगाडि बढ्नु 

किनकी अव नवयुग निर्माण गर्नु  

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...